दफा ३
छापाखाना दर्ता गर्नु पर्ने
(१) छापाखाना संचालन गर्न चाहने व्यक्तिले छापाखाना संचालन
गर्नको लागि तोकिएको विवरणहरू खुलाई तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष दरखास्त
दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले उक्त दरखास्त
उपर आवश्यक छानवीन गरी तोकिएको दस्तुर लिई दरखास्तवालालाई छापाखाना संचालन गर्न
तोकिएबमोजिम प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले छापाखाना सम्बन्धी
विवरण दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम पेश भएको विवरणमा कुनै परिवर्तन भएमा मुद्रकले स्थानीय
अधिकारीलाई तुरुन्त सूचना गर्नु पर्नेछ । स्थानीय अधिकारीले पनि त्यस्तो सूचना प्राप्त हुनासाथ
उपदफा (३) बमोजिमको दर्ता किताबमा त्यस्तो परिवर्तन भएको मिति र विवरण जनाई राख्नु
पर्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक जिल्लामा दर्ता भएको
छापाखाना अर्को जिल्लामा लगी संचालन गर्नु पर्ने भएमा उपदफा (१) बमोजिम पुन दरखास्त
दिई प्रमाणपत्र लिनु पर्नेछ ।